बिहीबार, जेठ ३, २०८१

एकैदिन चार नेपाली राष्ट्रिय टोली मैदानमा उत्रदै

नेपालखोज २०८० जेठ ३१ गते १०:२७

काठमाडौं । आज एकैदिन चार नेपाली राष्ट्रिय टोली मैदान उत्रदै छन् ।

विहान १०ः४५ मा नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला टि २० एमर्जिङ टिम्स कपमा भारत ए को सामना गर्दैछ । मध्यान्न १२ः४५ मा क्रिकेटतर्फ नै नेपालको पुरुष राष्ट्रिय टोलीले आइसीसी क्रिकेट विश्वकप २०२३ को छनोटमा ओमानसँग खेल्नेछ ।

साँझ ४ः४५ मा फुटबलतर्फ नेपालको पुरुष राष्ट्रिय टोलीले फिलिपिन्सको राष्ट्रिय टोलीको सामना गर्नेछ ।

साँझ ४ः४५ बजे नै नेपालको पुरुष बास्केटबल राष्ट्रिय टोलीले पाकिस्तानसँग फाइभ नेसन च्याम्पियनसिपमा खेल्दैछ । यो प्रतियोगिता माल्दिभ्समा हुँदैछ ।

प्रतिक्रिया