मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

नेपालखोज २०८० वैशाख ६ गते ८:१०

म्याग्दी । म्याग्दीमा गएराति मोटरसाइकलको ठक्करबाट चितुवा मरेको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मरेको हो । 

सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलमा ठोक्किएपछि घटनास्थलमै मत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए । चितुवाको टाउको ठोक्किएको थियो । करिब ४० किलोको चितुवाको उमेर दुई वर्ष अनुमान गरिएको रानाभाटले बताए ।  

मोटरसाइकल चालक खत्रीको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जङ्गलमा लागेको डढेलोका कारण अहिले चितुवाको बासस्थान खलबलिएको प्रमुख रानाभाटको भनाइ छ । रासस

प्रतिक्रिया