शुक्रबार, जेठ ४, २०८१

बढ्यो सुन र चाँदीको मूल्य

नेपालखोज २०८० वैशाख ६ गते ११:४९

काठमाडौं – नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । यसअघि मंगलबार स्थिर रहेको सुन बुधबार तीन सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एल लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १४ सय ४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया