राष्ट्रपति पौडेलको भारतमा उपचारमा सुरु

नेपालखोज २०८० वैशाख ६ गते १४:०६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा उपचार सुरू भएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति पौडेलको उपचार हुदैछ ।

पौडेललाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएपछि परिवारका सदस्य र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान भनेपछि उनलाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली छ ।

प्रतिक्रिया