फर्ष्ट माईक्रो फाईनान्सको तेस्रो त्रैमासिक नाफा १९ करोड ४५ लाख

काठमाडौं । फर्ष्ट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा १९ करोड ४५ लाख ७७ हजार दुई सय दुई रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १६ करोड ६१ लाख ३४ हजार सात सय तीन रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १४ करोड ७७ लाख ४५ हजार नौं सय ५६ रुपैंयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा सात अर्ब ७८ करोड ८९ लाख ४४ हजार तीन सय २३ रुपैंयाँ निक्षेप संकलन गरी आठ अर्ब ९२ करोड २९ लाख ७१ हजार ९६ रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ३१ करोड ७६ लाख ३५ हजार तीन सय १४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा शुन्य दशमलव ४७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । स्प्रेड दर एक दशमलव ८४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले नौं अर्ब ४५ करोड ७६ लाख ३६ हजार पाँच सय ५१ रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब ३९ करोड २१ लाख ६३ हजार साता सय ६० रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ३० करोड ७१ लाख ४२ हजार छ सय २० रुपैंयाँ खुद व्याज आम्दानी गरेको संस्थामा शुन्य प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव १६ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया