आईपीएलमा अहिलेसम्मको प्रदर्शन

आईपीएलमा राजस्थान रोयल्सले अहिलेसम्म ५ खेल खेलेको छ, जसमध्ये ४ खेल जितेको छ । राजस्थान रोयल्सका यी सबै खेल अवे वा तटस्थ मैदानमा भएका हुन् ।
लखनउ सुपरजायन्ट्सले ५ मध्ये ३ खेल जितेको छ जसमध्ये २ खेल होमग्राउन्ड लखनउमा भएको थियो ।
पञ्जाब किंग्सले ५ मध्ये ३ खेल जितेको छ जसमध्ये १ खेल होमग्राउन्ड मोहलीमा भएको थियो ।
गुजरात टाइटन्सले होमग्राउन्ड अहमदाबादमा भएको १ खेल सहित ५ मध्ये ३ खेल जितेको छ ।
चेन्नई सुपर किंग्सले ५ मध्ये ३ खेल जितेको छ जसमा चेन्नईको होमग्राउन्डमा भएको १ खेल छ ।
मुम्बई इन्डियन्सले ५ मध्ये ३ खेल जितेको छ जसमध्ये १ खेल होमग्राउन्ड मुम्बईमा भएको थियो ।
कोलकाता नाइट राइडर्सले कोलकातामा भएको १ खेल सहित ५ मध्ये २ खेल जितेको छ ।
आरसीबीले बेंगलुरुको होमग्राउन्डमा भएका ५ मध्ये २ खेल जितेको छ ।
हैदरावादले ५ मध्ये २ खेल जितेको छ, जसमध्ये १ खेल हैदरावादमा भएको थियो ।
दिल्ली क्यापिटल्सले ५ खेल खेलेको छ र सबै ५ मा हारबेहोरेको छ, जसमध्ये २ खेल होमग्राउन्ड दिल्लीमा भएका थिए ।

प्रतिक्रिया