बुधबार, जेठ १, २०८२

१० हजार कर्मचारी हटाउँदै फेसबुक

नेपालखोज २०८० वैशाख ६ गते १६:१५

एजेन्सी । फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपको मूल कम्पनी मेटाले १० हजार कर्मचारीलाई हटाउने भएको छ । यो कटौती यहि मई महिनाबाट सुरु हुनेछ।

मिडिया रिपोर्टहरु अनुसार कम्पनीका शीर्ष अधिकारीहरूले जागिर कटौतीको घोषणाको बारेमा व्यवस्थापनलाई जानकारी दिएका छन्। मेटामा यो दोस्रो चरणको छटनी हो । मेटाले पहिलो चरणमा ११ हजार कर्मचारी बर्खास्त गरेको थियो जुन उसको सम्पूर्ण कार्यबलको १३ प्रतिशत थियो।

कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी कटौती गरिएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारी हटाउने घोषणा गरेका हुन् । गलत निर्णयहरुका कारण आम्दानीमा कमी आएकाले यो निर्णय लिइएको उनले बताए ।

जुकरबर्गले १० हजार कर्मचारीलाई बर्खास्त गरेपछि कम्पनीमा ५ हजार पद रिक्त राखिने बताए । जुकरबर्गले भनेका छन्, ‘अमेरिकामा बढ्दो ब्याजदर र विश्वमा बढेको अस्थिरता कम्पनीको आम्दानीमा आएको गिरावटका लागि जिम्मेवार छ ।

प्रतिक्रिया