बिर्तामोडमा गुरुङ संग्रहालय

झापा । झापाको बिर्तामोड नगरपालिका–३ मा गुरुङ सङ्ग्रहालय निर्माण हुने भएको छ । नगरको गहना र सम्पत्तिका रुपमा गुरुङ सङ्ग्रहालय निर्माण गर्न लागिएको बताउँदै बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईले भने, ‘नेपाल सबै जातजातिको साझा फूलबारीको रुपमा रहेको छ, सबै जातजातिको धर्म, संस्कार, वेषभूषाको संरक्षण गर्ने उदेश्यले यो संग्रहालय स्थापना गर्न लागिएको हो ।’
भावि पुस्तालाई जानकारी दिने र गुरुङ समुदायको संस्कार, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सङ्ग्राहलय निर्माण गर्न लागिएको तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिसद्का केन्द्रीय सदस्य आनन्द गुरुङले बताए । करिब तीन करोड लागतमा निर्माण हुन लागेको सङ्ग्रहालय तीन तले हुने सङ्ग्रहालय निर्माण समितिका अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।
गुरुङ समुदायबाट रकम सङ्कलन गरी खरिद गरिएको दुई कठ्ठा जग्गामा सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । आगामी तीन वर्षभित्रमा सङ्ग्रहालय निर्माण सम्पन्न गरिने निर्माण समितिका सचिव लीला गुरुङले बताए । सङ्ग्रहालय भवनको नक्शा इञ्जिनीयर रोशन सुवेदीले तयार पारेका हुन्

प्रतिक्रिया