कर्णाली सरकारका चार मन्त्रीले लिए शपथ
नेपालखोज
२०८० वैशाख ७ गते १४:०२

सुर्खेत । कर्णाली प्रदेश सरकारका ४ जना मन्त्रीले सपथ लिएका छन् । तीमध्ये ३ नेपाली कांग्रेस र एक माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।
मुख्यन्त्री राजकुमार शर्माले कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी नियुक्त भएका छन् । उनीहरुलाई प्रदेश प्रमुख तिलक परियारले बिहीबार उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।
यो सँगै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ मन्त्रालय कायम गर्ने निर्णय खारेज गर्दै ८ वटै कायम राखेको हो ।
सम्बन्धित
प्रतिक्रिया