संसारका सबैभन्दा शक्तिशाली देश

विश्वका शक्तिशाली देशहरूको पहिचान त्यहाँको सेना र घातक हतियारको भण्डारबाट मापन गरिन्छ। रुस र युक्रेनबीच सुरु भएको युद्धले विश्वका शक्तिशाली राष्ट्रहरु बिच हतियारको होड चर्काएको छ । यद्यपि अमेरिका र चीन आफ्नो शक्तिशाली सेनाका लागि चिनिन्छन्, तर केही अन्य देशहरू छन् जसले यी देशहरूसँग धेरै किसिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
अमेरिका
शक्तिशाली देशको कुरा गर्दा अमेरिका पहिलो नम्बरमा आउँछ । अमेरिकी सेना संसारमा सबैभन्दा शक्तिशाली छ । अमेरिकाको सैन्य बजेट पनि विश्वमै सबैभन्दा बढी छ । अमेरिका सबैभन्दा शक्तिशाली वायु सेनाका लागि पनि परिचित छ जसलाई यूएसएएफ अर्थात यूनाइटेड स्टेट्स एयर फोर्स भनिन्छ।
रूस
रसिया शक्तिशाली देशको दोस्रो स्थानमा छ । सोभियत संघको समयदेखि नै रुसी सेनालाई विश्वमा शक्तिशाली सेना मानिन्छ। यसका साथै पर्याप्त मात्रामा उपलब्ध प्राकृतिक स्रोतहरूले रुसलाई अझ शक्तिशाली बनाएको छ ।
चीन
शक्तिशाली राष्ट्रको सूचीमा चीन तेस्रो नम्बरमा छ । चीनको सेनालाई सबैभन्दा ठूलो सेना मानिन्छ अर्थात चिन सेनाको संख्यामा विश्वमा सबैभन्दा अगाडि छ ।
भारत
ताकतको मामिलामा भारत पनि कम छैन। शक्तिशाली राष्ट्रको सूचीमा भारत चौथो नम्बरमा छ । सेनाको खुफिया वा सैन्य जनशक्तिको कुरा होस् सारा विश्वलाई भारतको शक्ति थाहा छ । भारतीय सेनालाई विश्वकै अनुभवी सेना मानिन्छ ।
जापान
दोस्रो विश्वयुद्धमा आणविक आक्रमणको मार भोगेको जापान आज विश्वको पाँचौं शक्तिशाली राष्ट्र बनेको छ । उन्नत प्रविधिको बलमा जापानले विश्वमा आफ्नो शक्ति प्रमाणित गरेको छ । यद्यपि जापानको सैन्य प्रगतिमा अमेरिकाको पनि ठूलो योगदान छ ।
साउथ कोरिया
मिल्ट्री वेपन अर्थात शानदार र खतरनाक हथियार तथा सेनाको दक्षताका हिसाबले दक्षिण कोरिया सँग कसैको तुलना हुँदैन । दक्षिण कोरियाली नौसेनालाई विश्वको सबैभन्दा शक्तिशाली नौसेना मानिन्छ। जनसङ्ख्या कम भएकाले यहाँ सेनामा सैनिकको संख्या भने कम छ ।
फ्रान्स
युरोपियन युनियनको सदस्य फ्रान्स युरोपका देशहरूमध्ये सबैभन्दा शक्तिशाली देस हो । यससँगै फ्रान्सले हतियार निर्यातमा आफ्नो छुट्टै पहिचान बनाएको छ । फ्रान्स विश्वमा हतियार निर्यात गर्ने विश्वको सातौं शक्तिशाली राष्ट्र हो ।
यूके
बेलायती सेना युरोपेली संघमा दोस्रो ठूलो सेना भएको देश हो । विश्वका शक्तिशाली राष्ट्रको सूचीमा बेलायत आठौं नम्बरमा छ । विश्वयुद्धका क्रममा बेलायती सेनाले विश्वभर आफ्नो क्षमता प्रमाणित गरेको थियोे ।
ब्राजील
विश्वका १० शक्तिशाली देशको कुरा गर्ने हो भने ब्राजिल ९औँ स्थानमा छ । यो दक्षिण अमेरिकाको सबैभन्दा शक्तिशाली देश हो।
पाकिस्तान
अहिले चीनको नजिक मानिने पाकिस्तान १० शक्तिशाली देशको अन्तिम नम्बरमा छ । पाकिस्तानले आफ्नो सैन्य क्षमता बिकासमा निकै खर्च गरेको छ ।
प्रतिक्रिया