आइतबार, जेठ ६, २०८१

एक सातामै करोड पटक हेरियो ‘सकम्बरी’ (भिडियो)

नेपालखोज २०८० वैशाख ७ गते १५:०९

काठमाडौं । मिश्रीत प्रतिक्रियासहित प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले अभूतपूर्व सफलता प्राप्त गरेको छ । रिलिजको एक सातामै करोड क्लबमा प्रवेश गरेको छ ।

सपुत र व्रता गन्धर्वको स्वर रहेको गीतमा नृत्यांगना बन्ने रहर पालेर शहर छिरेकी ‘फूलमाया’ कसरी ‘सकम्बरी’बन्छिन् भन्ने कथालाई उतारिएको छ ।

भिडियोको सिनलाई लिएर केही महिला अधिकारकर्मीले आलोचना गरेपनि यो पटक प्रकाश सपुत स्थिर देखिएका छन् । यसअघि ‘पिर’ल्याएका प्रकाश भिडियोमा जनयुद्ध लडेकी महिला यौन व्यवसायमा लगाइएको सिनले गर्दा भिडियो सम्पादन गरेर पुनः अपलोड गर्नु परेको थियो ।

सपुतकै कथा र निर्देशनमा तयार भएको ‘सकम्बरी’गीतको भिडियोमा सुनिल थापा, कुसुम शर्मा लगायतको सशक्त अभिनय रहेको छ ।

प्रतिक्रिया