देशभर थप १०३ कोरोना संक्रमित थपिए, ६१ जना डिस्चार्ज
नेपालखोज
२०८० वैशाख ७ गते १७:१३

काठमाडाैं । पछिल्लो चाैबीस घण्टामा देशभर थप १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार एक हजार ६४५ नमुना परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पीसीआर परीक्षणमा ७२ जनामा र एन्टिजेन परीक्षणमा ३१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ ।
साथै पछिल्लो चाैबीस घण्टामा भने कसैको मृत्युको खवर छैन । काठमाडौं उपत्यकामा संस्थागत आईसोलेसनमा २६ जना, आईसीयूमा ८ जना र तीनजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया