बिहीबार, वैशाख १३, २०८१

नेपाल लाइफको वार्षिकोत्सवको अवसरमा क्यास व्याक अफर सार्वजनिक

नेपालखोज २०८० वैशाख ७ गते १७:४८

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पुरा गरेर २३ वर्षमा प्रवेश गरेको सुखद अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत बैशाख महिना भरि बीमा शुल्कको नविकरण ई-सेवा मार्फत भुक्तानी गनैं ग्राहक व्यक्तिहरुले पाँच प्रतिशत वा दुई सय ३० रुपैयाँ सम्मको क्यासव्याक प्राप्त गर्न सक्ने छन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकाशक्रम संग आफ्ना आदरणीय ग्राहक तथा अभिकर्ता महानुभावहरुलाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर संचालनमा ल्याइएको हो । प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई(सेवा, खल्ती, फोन(पे, कनेक्ट आइ.पी.एस, आई एम ई(पे र प्रभु(पे संग सम्झौता गरेको छ ।

यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्ने छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहकहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको कुरा समेत पराजुलीले बताए ।

२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्न आरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया