माबिलुङ्गग इनर्जीले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

नेपालखोज २०८० वैशाख ७ गते १७:५७

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र माबिलुङ्गग इनर्जी लिमिटेडबीच सम्झौता भएको छ । यि दुबै कम्पनीहरुबीच सर्वसाधारणमा बिक्री गरिने एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार पाँच सय ५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ्गग इनर्जीकोे तर्फबाट संञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलविद्युत आयोजना निर्माणाधिन ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया