सोमबार, जेठ २७, २०८२

प्रधानमन्त्री प्रचण्डविरुद्ध तनहुँ–१ को निर्वाचन अधिकृतको कार्यालयमा पर्‍याे उजुरी

नेपालखोज २०८० वैशाख ७ गते १८:३५

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध तनहुँ–१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । बहालवाला प्रधानमन्त्री हेलिकोप्टरमार्फत गठबन्धनको उम्मेद्वारको प्रचारप्रसारमा गएकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले उजुरी दिएका हुन् ।

बुधबार तनहुँ पुगेर प्रचण्डले गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका थिए । उम्मेद्वारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएको भन्दै पौडेलले प्रचण्डविरुद्ध कारबाहीको माग गरेका हुन् ।

उजुरीमा भनिएको छ,’गठबन्धनको उमेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकाेप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाँको ध्यानाकर्षण गराउन चाहन्छौं ।’ 

प्रतिक्रिया