मिर्चैयाले भत्कायो बजारक्षेत्रका अनधिकृत घरटहरा
नेपालखोज
२०८० वैशाख ७ गते २१:५९

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले बजारक्षेत्रका अनधिकृत घरटहरा भत्काउन थालेको छ । नगरपालिकाको सो कार्यको विरोधमा झडप हुँदा पाँच प्रहरीसहित प्रदर्शनकारीसमेत घाइते भएका छन् ।
स्थानीयवासीले सो क्रममा पालिकाको कार्यालय तथा सवारीसाधनमाथि ढुङ्गामुढा र तोडफोड गरेका थिए । भीडलाई नियन्त्रण गर्न बल प्रयोग गर्ने क्रममा प्रहरीले २७ राउन्ड हवाई फायर तथा ११ राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।
घाइते प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । ढुङ्गामुढा प्रहारबाट कार्यालयको सवारी साधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । रासस
सम्बन्धित

प्रतिक्रिया