ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपालखोज २०८० वैशाख ८ गते ९:१५

काठमाडाैं । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले आज (शुक्रबार) ओमानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ राेजेका हुन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको नेपाल ओमानसँग पनि जित निकाल्ने लक्ष्यमा छ ।

प्रिमियर कपको उपाधि चुम्ने लक्ष्य लिएको नेपालका लागि ओमानसँगको खेल महत्वपूर्ण मानिएको छ । यस खेललाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत रहेको छ । आज नेपालले करण केसीलाई मैदानमा उतारेको छ । मलेसियाविरुद्धको खेलमा रहेका गुलशन झालाई आराम दिइएको छ । 

प्रतिक्रिया