यो साता नेप्से, चार अर्ब ६२ करोड रुपैंयाँको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से १९ सय चार दशमलव ४० अंकमा सिमित भएको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव शुन्य १२ अंकमा कायम रहेको छ ।
सातामा दुुई सय ७३ वटा कम्पनीहरुको एक लाख ३१ हजार सात सय ८३ पटकको कारोबारमा एक करोड ४९ लाख ६५ हजार आठ सय ९७ कित्ता शेयर खरिद–बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम चार अर्ब ६२ करोड छ लाख ३४ हजार दुई सय १० रुपैंैंयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको तुलनामा केही कम हो ।
गत साता भने नेप्सेमा एक लाख ९२ हजार १८ पटकको कारोबारमा दुई करोड ११ लाख ४१ हजार चार सय २३ कित्ता शेयर खरिद–बिक्री भएको थियो । सो अनुसार उक्त साता कुल कारोबार रकम छ अर्ब ६४ करोड ६० लाख ४९ हजार ३८ रुपैंयाँ कायम भएको थियो । यो साता पाँच दिन नै नेप्से खुल्ला रहेकोमा पहिलो, दोस्रो, तेस्रो र पाँचौं दिन नेप्से घटेको थियो भने चौंथो दिन नेप्से बढेको थियो ।
पहिलो दिन दुई दशमलव ८० अंकले घटेर १९ सय ३१ दशमलव ६८ अंकमा सिमित भएको नेप्से अन्तिम कारोबार दिन पनि १५ दशमलव ७३ अंकले घटेर १९ सय चार दशमलव ४० अंकमा सिमित भएको थियो । यी बाहेकका दिनहरुमा चौंथो दिन नेप्से बढेको भएपनि बाँकी दिनहरुमा लगातार घटेको थियो ।
यसैगरी पहिलो दिन शुन्य दशमलव २६ अंकले घटेर तीन सय ६७ दशमलव ७३ अंकमा सिमित भएको सेन्सिटि इन्डेक्स अन्तिम कारोबार दिन पनि दुई दशमलव ७९ अंकले घटेर तीन सय ६३ दशमलव १२ अंकमा सिमित भएको थियो । यी बाहेकका बाँकी दिनहरुमा पनि सेन्सिटिभ इन्डेक्स घटेको थियो ।
यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्रा.लि. आदिको बढी रकम कारोबार भएका छन् भने हिमालयन डिष्ट्रिलरी प्रा.लि., शिवम सिमेन्ट, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया