जावलाखेलमा मेयरकप भलिबल

ललितपुर । ललितपुर महानगरपालिकाद्वारा आयोजित मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता आज शनिबार जावलाखेलमा प्रारम्भ हुँदैछ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा बैशाख १६ गतेसम्म संचालन हुने यो प्रतियोगितमा महिलाका ७ तथा पुरुषका ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका अनुसार प्रतियोगिताको उदघाटन शनिबार दिउँसो १ बजे भए पनि यसका प्रतिस्पर्धा शनिबार बिहानदेखि नै सुरु हुनेछन । लिगकम नकआउटका आधारमा हुने यो प्रतियोगितामा पुरुषतर्फ समूह ‘ए’ मा ललितपुर महानगरपालिका, त्रिभुवन आर्मी क्लब, सुर्य विनायक युथ क्लब तथा बोगटी समाज ललितपुर छन् भने समूह ‘बी’ मा नेपाल गणतान्त्रिक खेलकुद, नेपाल एपिएफ क्लब, पाटन बहुमुखी क्याम्पस तथा नेपाल पुलिस क्लब छन् ।
महिलाको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब , नेपाल पुलिस क्लब र कोटेश्वर बहुमुखी क्याम्पस तथा समूह ‘बी’ मा ललितपुर महानगरपालिका, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब तथा परोपकार गल्स होस्टेलले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतिक्रिया