शनिबार, वैशाख १५, २०८१

गायक प्रताप दासको गीत ‘खुशी’ को म्युजिक भिडियो सार्वजनिक

नेपालखोज २०७७ फागुन २८ गते १३:२९

काठमाडौं । गायक प्रताप दासको स्वरमा रहेको गीत ‘खुशी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा राज केसीको शब्द रहेको छ ।

जीवन रसाइलीले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ । छिट्टै नै गायिका अस्मिता अधिकारीको स्वरमा यस गीतको फिमेल भर्सन पनि आउने निर्माण टिमले बताएको छ ।

युवा युवतीबीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोमा राज केसी र अस्ट्रलियन मोडेल एबि फिचर्ड छन् ।

अष्ट्रेलियाको विभिन्न रमणीय ठाउमा छायांकन भएको यो भिडियोलाई जीवन रसाइलीको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो । ग्लोबल टचको प्रस्तुति रहेको भिडियोलाई आइभिएम फिल्म्सको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो लिंक

प्रतिक्रिया