बिहीबार, वैशाख १३, २०८१

उत्तम र दमनको सहकार्यमा ‘जे होला होला’

नेपालखोज २०७६ मंसिर ९ गते ८:२७

९ मंसिर, काठमाडौँ । हाँस्य व्यङ्ग अनि समसामयिक विषयमा आधारित हाँस्य टेलिश्रृङ्खला ‘जे होला होला’ को प्रसारण सुरु भएको छ ।

दर्शकहरुलाई हँसाउनमा पोख्न मानिने अनुभवी हाँस्य कलाकार उत्तम केसीको लेखन तथा दमन रूपाखेतीको निर्देशन रहेको हाँस्य टेलिश्रृङ्खला ‘जे होला होला’ रमाइलो टिभीमार्फत हरेक बिहीबार बेलुका ८ः३० बजे प्रसारण हुने गर्दछ ।

लेखक तथा निर्देशकले हाँस्य टेलिश्रृङ्खलाको पहिलो अंशमा अहिलेको जल्दोबल्दो विषय भारतले गरेको सीमा अतिक्रमणको विषयलाई राजनीतिक व्यग्यसहित चोटिलो प्रहार गरिएको थियो ।

भने बाहिर जिल्लाबाट आएर काठमाडौँमा घरभाडामा बस्दा केकस्ता समस्याको सामना गर्नु पर्छ भन्ने विषयको पनि उठान गरिएको थियो ।

नेपाली दर्शकहरुका लागि निकै नै आश लाग्दो मानिएको हाँस्य टेलिश्रृङ्खला ‘जे होला होला’मा अनुभवी हाँस्य कलाकार उत्तम केसीका अलावा मुकुन्द मैनाली, सुशिल निरौला, गीता नेपाल, बिमला गौतम, सुमितकुमार घिमिरे, सागर खड्का, सबिता गजमेर, कृष्ण भिर, मनिता डंगोल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

उत्सव केसी मुख्य सहायक निर्देशक रहेको हाँस्य टेलिश्रृङ्खलामा पुष्कर सुनुवारको संगीत, लक्ष्मी मल्लको श्रृङ्गार, चिरञ्जिवि भण्डारीको गायन, राजु श्रेष्ठको छायांकन र सरिता गौतमको सम्पादन रहको छ ।

प्रतिक्रिया