आइतबार, वैशाख १६, २०८१

यी खानेकुरा हुन् गर्मीको शीतल उपहार

नेपालखोज २०८० वैशाख ९ गते १०:२४

काठमाडौं । गर्मीको मौसम चलिरहेको छ । धेरैजसो मानिसहरूले चिसो आइसक्रिम, चिसो पेय र अन्य चिनीयुक्त पेय पदार्थको सेवन गर्ने गर्दछन् जसले गर्दा हामीलाई पसिना आउने चर्को गर्मीबाट राहत पाउन सकिन्छ । ध्यान दिनुहोस् कि त्यस्ता चीजहरूले तपाईंको कोलेस्ट्रोलको स्तर अझ बढाउन सक्छ । बढ्दो कोलेस्ट्रोल एक गम्भीर समस्या हो, जसको कारणले तपाईंलाई हृदयघात, धेरै गम्भीर हृदय सम्बन्धित स्वास्थ्य समस्याहरू हुन सक्छ ।

तिते करेला

करेला सबैको मनपर्ने तरकारी नहुन सक्छ, तर यो पोषक तत्वले भरिपूर्ण हुन्छ । कोलेस्ट्रोल घटाउने प्रमुख तत्वहरू मध्ये एक हो । यसमा भिटामिन प्रशस्त पाइन्छ जसले प्रतिरक्षा शक्ति बढाउन र मुटुसँग सम्बन्धित रोगको जोखिम कम गर्न मद्दत गर्छ ।

परवल

परवल एउटा यस्तो स्वादिष्ट तरकारी हो जुन सबैले खान मन पराउँछन् । यो तरकारीले कोलेस्ट्रोलको मात्रा घटाउन पनि मद्दत गर्छ । यसले तौल घटाउन र कब्जियतको समस्यामा पनि मद्दत गर्छ ।

तरबूज
गर्मीको चर्को घाममा चिसो पेय पदार्थ पिउनबाट बच्नको लागि एक गिलास तरबूजको जुस पिउनु उत्तम उपाय हो । यसले कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ ।

काँक्रो

गर्मीमा खाइने र मनपर्ने खानेकुरामध्ये काँक्रो एक हो । यसमा पानीको मात्रा धेरै हुन्छ जसले गर्मीमा चिसो राख्छ । यसले उच्च कोलेस्ट्रोलको स्तर घटाउँछ ।

प्रतिक्रिया