पृथ्वी दिवस – २०२३ : पृथ्वीका १० रोचक तथ्य

काठमाडाैं । अन्तर्राष्ट्रिय पृथ्वी दिवस हरेक वर्ष अप्रिल २२ मा मनाइन्छ। यो दिन संयुक्त राष्ट्र संघले रोजेको हो । २२ अप्रिल १९७० मा दुई करोड मानिसले अमेरिकाका ठूला शहरहरूका सडकमा उत्रिएर मानव गतिविधिहरूले वातावरणमा हुने क्षतिका विरुद्धमा प्रदर्शन गरेका थिए । त्यस पछि नै यो दिवस मनाउन थालीएको हो । पृथ्वी जसलाई हामि आफ्नो घर भन्छौं यसका केही तथ्य :
पृथ्वी पूर्णतया गोलो छैन
प्रायः हामीले भनिरहने वा सुन्दै आएको कुरा हो – पृथ्वी गोलो छ । यद्यपि यो यसको सही आकार होइन। पृथ्वी उत्तरि र दक्षिण ध्रुवमा समतल छ। अन्य ग्रहहरू जस्तै गुरुत्वाकर्षणको प्रभाव र यसको अक्षमा परिक्रमाले भूमध्य रेखालाई समतल बनाउँछ। भूमध्य रेखामा पृथ्वीको व्यास एक ध्रुवबाट अर्को ध्रुवसम्मको व्यासभन्दा ४३ किलोमिटर बढी छ। त्यसैले यो भकुण्डो जस्तो गोलो छैन ।
पृथ्वीको ७० प्रतिशत भाग पानी छ
पृथ्वीमा पानी ठोस, तरल र ग्यासका रुपमा उपस्तिथित छ । यसले हिमनदी, दलदल, ताल, नदी, समुद्र र महासागरहरूको रूपमा पृथ्वीको तीन-चौथाई भाग ओगटेको छ । पृथ्वीमा पाइने कुल पानीको ९७ प्रतिशत पानी नुनीलो पानी हो ।
पृथ्वी भन्दा १०० किलोमिटर माथि अन्तरिक्ष
वायुमण्डल र अन्तरिक्ष बीचको सीमालाई कारमन रेखा भनिन्छ जुन समुद्र सतहबाट १०० किलोमिटर माथि छ। वायुमण्डलीय तौलको लगभग ७५ प्रतिशत समुद्रको सतहबाट ११ किलोमिटरको उचाइमा मात्र पाइन्छ । कारमन रेखाले पृथ्वीको दायरा के हो र अन्तरिक्ष कहाँबाट सुरु भएको छ भनेर बताउँछ।
पृथ्वीको केन्द्रमा फलाम छ
पृथ्वी सौर्यमण्डलको सबैभन्दा ठोस र पाँचौं ठूलो ग्रह हो। पृथ्वीको सबैभन्दा भित्री भागमा लगभग १२०० किलोमिटरको त्ठोस बल जस्तै भाग छ । यो बल मुख्यतया फलामबाट बनेको छ । त्यसमा कुल वजनको ८५ प्रतिशत भाग फलाम हुन्छ । यसबाहेक त्यसमा १० प्रतिशत निकल पनि पाइन्छ ।
पृथ्वी एक मात्र ग्रह हो जहाँ जीवन छ
पृथ्वी ब्रह्माण्डको एक मात्र आकाशीय पिण्ड हो जसमा हामी जीवन बिताउन सक्छौं। अन्य ग्रहहरूमा यसको सम्भावनाको खोजी भैरहेको छ । हाल पृथ्वीमा लगभग १.२ मिलियन सूचीबद्ध जनावर प्रजातिहरू छन । यद्यपि के विश्वास गरिन्छ भने यो कुल प्रजातिको सानो भाग मात्र हो । २०११ मा वैज्ञानिकहरूले अनुमान गरे अनुसार सम्पूर्ण संसारमा लगभग ८ मिलियन प्रजातिहरू छन् । पृथ्वी करिब ४.५ बिलियन वर्ष पहिले बनेको थियो ।
पृथ्वीको सबै ठाउँमा समान गुरुत्वाकर्षण छैन
पृथ्वीमा गुरुत्वाकर्षण क्षेत्रको बल ठाउँअनुसार फरक-फरक छ । उदाहरणका लागि, जब हामी भूमध्य रेखाबाट ध्रुवहरूमा जान्छौं, गुरुत्वाकर्षण क्षेत्रको तीव्रता बिस्तारै बढ्दै जान्छ, यद्यपि यो भिन्नता मानिसहरूले प्रत्यक्ष रूपमा बुझ्नसक्दैनन् ।
जहाँ धेरै विरोधाभासहरू छन्
हाम्रो ग्रह एकदमै विरोधाभासले भरिएको छ। यसको भौगोलिक क्षेत्र र यसको हावापानीको विविधता यति छ कि लगभग हरेक क्षेत्रका आ – आफ्नै विशेषता छन्। पृथ्वीमा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा उच्च तापक्रम अमेरिकाको डेथ भ्यालीको हो, जहाँ तापमान १० जुलाई, १९१३ मा ५६.७ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । अर्कातर्फ सबैभन्दा चिसो तापक्रम अन्टार्कटिकामा रेकर्ड गरिएको थियो जहाँ तापमान ३१ जुलाई १९८३ मा माइनस ८९ डिग्री सेल्सियस थियो।
पृथ्वीमा सबैभन्दा ठूलो जीवित संरचना
ग्रेट ब्यारियर रीफ अष्ट्रेलियाको तटमा अवस्थित छ । यो हाम्रो ग्रहमा जीवित जीवहरूले बनेको सबैभन्दा ठूलो संरचना हो । यो यस्तो एक मात्र संरचना हो जुन अन्तरिक्षबाट देख्न सकिन्छ। यो २ हजार किलोमिटर भन्दा बढि फैलिएको छ । यो हजारौं समुद्री प्रजातिहरूको घर हो। १९८१ मा युनेस्कोले यसलाई विश्व सम्पदा स्थल घोषित गरेको थियो।
सक्रिय टेक्टोनिक प्लेटहरू भएको सौर्यमण्डलको एक मात्र ग्रह
यी प्लेटहरूको गतिको अर्थ हाम्रो ग्रहको सतह निरन्तर परिवर्तन भैरहेको छ भन्ने हो । यी प्लेटहरू पहाड , भूकम्प र ज्वालामुखी निर्माणका लागि पनि जिम्मेवार छन् । यी प्लेटहरूको चक्रले पृथ्वीको तापक्रमलाई नियमन गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।
पृथ्वीमा सुरक्षात्मक ढाल छ
पृथ्वीको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने ऊर्जा कणहरूको निरन्तर बमबारी विरुद्ध ढालको काम गर्दछ। यो चुम्बकीय क्षेत्र मार्फत बाटो खोज्ने काम पनि हुन्छ । कम्पासले यहि चुम्बकीय क्षेत्रको माध्यमबाट काम गर्छ र दिशा पत्ता लगाउँछ ।
प्रतिक्रिया