एमालेमा फर्किन लागेको हल्ला सत्य होइन– झलनाथ खनाल
नेपालखोज
२०८० वैशाख ९ गते १२:२९

जनकपुर । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू नेकपा एमालेमा फर्किने हल्ला गलत भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रममा सहभागी हुन यहाँ आएका नेता खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू एमालेमै फर्किन लागेको कुरा सत्य नभएको बताएका हुन् ।
नेता खनालले नेकपा एकीकृत समाजवादी अहिले कुनै पार्टीसँग एकता गर्ने पक्षमा नरहेको पनि बताए । बरु आफूहरू पार्टीको अधिवेशन र महाधिवेशनको तयारीमा रहेको जानकारी उनले दिए ।
तर नेता खनालले वामपन्थी शक्तिहरू एकठाउँमा आउनुको विकल्प नरहेको बताएका छन् ।
वाम शक्तिहरू तितबितर भएकैले मुलुकमा अझै स्थिरता आउन नसकेको हो’, उनले भने, ‘वाम एकताले नै देश स्थिरतातर्फ अघि बढ्छ ।’
सम्बन्धित
प्रतिक्रिया