बुधबार, वैशाख १९, २०८१

किन मनाइन्छ विश्व पृथ्वी दिवस ?

नेपालखोज २०८० वैशाख ९ गते १३:०४

काठमाडौं । विगत ५० वर्षदेखि हाम्रो वातावरणका बारेमा चेतना जगाउन हरेक वर्ष अप्रिल २२ मा विश्व पृथ्वी दिवस मनाइन्छ ।

यसले वातावरण संरक्षणका लागि मानिसहरूलाई एकजुट हुन प्रोत्साहित गर्ने उद्देश्य राखेको छ । हाम्रो बदलिंदै गएको पर्यावरणका सम्बन्धमा गम्भीर चासोका साथ अध्ययनहरू भैरहेका छन् ।

आजको युगमा प्रमुख वैज्ञानिक, वातावरणविद्, सामाजिक अभियन्ता तथा युवाहरू जलवायुको बर्तमान अवस्था लाई लिएर चिन्तित छन् ।

पृथ्वी दिवसको अवसरमा मानिसहरू वातावरणमा हुने क्षति घटाउन दिगो विधि अपनाउने प्रतिज्ञा गर्छन् । बढ्दो तापक्रम र प्राकृतिक स्रोतहरूको ह्राससँगै ग्लोबल वार्मिङ एउटा गम्भीर समस्या हो ।

वन फँडानी र विभिन्न प्रजातिका जनावर, चराचुरुगिं तथा कीराहरू लोपोन्मुख बन्दै गएपछि स्थिति चिन्ताजनक हुन थालेको हो । त्यसैले यो वातावरण संरक्षणमा लगानी गर्ने उपयुक्त समय पनि हो ।

पृथ्वीमा अहिले बढ्दो जनसङ्ख्या, माटोको क्षय, जलवायु परिवर्तन, वन तथा पानीको कटान, वायु प्रदुषण जस्ता धेरै समस्याहरू छन् । वातावरण संरक्षणका लागि यो महत्त्वपूर्ण दिन हो ।

पृथ्वी सप्ताह हरेक वर्ष १६ देखि २२ अप्रिलसम्म मनाइन्छ । यो साता जलवायु परिवर्तनका बारेमा मानिसहरूलाई कसरि शिक्षित गर्ने भन्ने कुरामा समर्पित हुन्छ । यो साता पृथ्वी बचाउने कार्यको थालनि गर्ने एउटा महान अवसर पनि हो ।

विश्व पृथ्वी दिवस – २०२३ को थिम

पृथ्वी दिवस- २०२३ को थिम हाम्रो पृथ्वीका लागि लगानी गरौं हो । यो पृथ्वी दिवसले नवीकरणीय ऊर्जा र ग्लोबल वार्मिङका बारेमा चेतना जगाउँछ ।

विश्व पृथ्वी दिवसको इतिहास

पृथ्वी दिवसको विचार पहिलो पटक शान्ति कार्यकर्ता जोन म्याककोनेलले सन् १९६९ मा युनेस्कोको सम्मेलनमा प्रस्तुत गरेका थिए । यो दिन मनाउने कारण पृथ्वीको सम्मान र यसमा शान्ति कायम राख्नु थियो ।

सन् १९९० मा हेन्सद्वारा विश्व पृथ्वी दिवसक‍ो आयोजना गरिएको थियो। उक्त कार्यक्रममा १४० देशका २ लाख भन्दा बढी मानिस सहभागी थिए। हाल, पृथ्वी दिवस नेटवर्क(END) १९० देशमा २० हजार भन्दा बढी साझेदार तथा संगठनहरू किच फैलिएको छ ।

यसपटक दर्जनौं देशमा स्वंयसेवकहरूले रुख रोपेर , फोहोर सफा गरेर तथा सरकारहरूलाई जलवायु परिवर्तनसँग जुध्न थप काम गर्न आग्रह गरेर पृथ्वी दिवस मनाउँदैछन् किनभने वैज्ञानिकहरूले यो वर्ष थप चरम तापक्रमको भविष्यवाणी गरेका छन् ।

प्रतिक्रिया