सोमबार, जेठ २७, २०८२

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

नेपालखोज २०८० वैशाख ९ गते १८:४६

काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएनन् । आज बसेको संसद वैठकमा अधिकारीले विश्वासको मत मागेका थिए ।

५९ सांसदले मत जाहेर गरेकोमा अधिकारीको पक्षमा २४ र विपक्षमा ३५ मत गणना भएको छ ।

संसदको विश्वासको मत प्राप्त गर्न नसकेपछि उनी स्वतः पदमुक्त भएका छन् । सदस्यीय गण्डकी प्रदेश सभामा उनले पक्षमा मत पाए भने विपक्षमा मतदान गरेका छन् ।

उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका थिए । केन्द्रमा सत्ता समिकरण फेरेपछि माओवादीले मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

माओवादीले समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहेपनि उनले विश्वासको मत पाउन सकेन् ।

प्रतिक्रिया