शुक्रबार, पुष ११, २०८२

साताका यी खबर, पढ्न छुटाउनु भयो कि ?

नेपालखोज २०८० वैशाख ९ गते २०:२६

नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाइलाई सजिलो बनाउने छ ।

१, बुटवल उपमहानगरपालिका–१९ की १९ वर्षीया अविवाहिता किशोरीको अहिले ३४ हप्ताकोे गर्भ छ । सामाजिक लाञ्छनाका कारण समयमै गर्भपतनका लागि जाने आँट नगर्दा किशोरीले अनइच्छित गर्भलाई निरन्तरता दिनुपर्ने बाध्यता आइलाग्यो । स्याङ्जाका एक युवकसँगको प्रेमसम्बन्धमा परेकी किशोरीलाई सुरुमा गर्भ रहेको पत्तै भएन । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

२, नेपालका ठूला ठूला छिमेकी देशहरू छन् । चीन र भारत । उनीहरु भिन्न राजनैतिक अवस्थाका हुन् । चीनमा साम्यवाद छ भने भारतमा लोकतन्त्र छ । दुवैले भिन्न परिस्थितिमा विकास गरिरहेका छन् । चीनमा साम्यवाद लागू भएकोले मानिसहरू स्वतन्त्ररुपमा बोल्न पाउँदैनन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

३, बाणिज्य बैंकहरुमा खराव अर्थात निष्क्रिय कर्जाको अनुपात बढेको छ । समग्र अर्थतन्त्रमा देखिएको आर्थिक संकुचन कै कारण बैंकिङ क्षेत्रमा खराव कर्जा बढेको हो । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बासहित लेखापढी व्यवसायीलाई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

५, रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूची लामै छ । अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपिन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धि तामाङलगायत रङ्गमञ्चमार्फत चलचित्रमा स्थापित भएका केही प्रतिनिधि नाम मात्र हुन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

६, यो एक मानसिक समस्या हो जसमा व्यक्तिको मन निरास हुने, थकानको महसुस हुने, आत्माबिस्वासमा कमि हुने, नरमाइलो लाग्ने, दिक्क लाग्ने आदि समस्याहरु हुन्छन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

७, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सबै राजनीतिक दलहरु मिलेर स्थिर सरकार बनाउन आह्वान गर्दै सरकारले एक सय दिनमा गरेको कामहरु सार्वजनिक गरेका छन्।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

८, कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल भित्र्याउने तयारी गरेको छ ।  विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

९, नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी व्यवस्था गरेको थियो । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

१०, चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

११, नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा दुर्लभ किर्तिमानी कायम गरेका छन् । उनले सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका हुन् । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया