चितवन – २ मा जीतनारायणले गरे मतदान, रवि र रामप्रसादले मत हाल्न नपाउने
नेपालखोज
२०८० वैशाख १० गते ८:१४

चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु लगत्तै गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता जीतनारायण श्रेष्ठले मतदान गरेका छन् । उनले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गरेका छन् ।
एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेको मत हाल्न नपाउने भएका हुन् । न्यौपानेको चितवन ३ मा नाम छ भने लामिछानेको नाम काठमाडौंमा रहेको छ ।
गत निर्वाचनबाट सो क्षेत्रबाट निर्वाचित रास्वपाका अध्यक्ष समेत रहेका लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचनका कारण यस क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी रोकिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया