सोमबार, जेठ २७, २०८२

भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव

नेपालखोज २०८० वैशाख १० गते १२:२०

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा केहीबेर तनाव भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो ।

लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएका छन् ।

प्रतिक्रिया