सोमबार, जेठ २७, २०८२

तनहुँ १ मा स्वर्णीम वाग्लेले कटाए १० हजार मत

नेपालखोज २०८० वैशाख ११ गते १०:३६

काठमाडौं । तनहुँ–१ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णीम वाग्लेले १० हजार मत कटाएका छन् ।

१८६६१ मत गणना सकिदा वाग्लेले १०२५९ मत पाएका छन् । उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५००३ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले २७९७ मत ल्याएका छन् ।

प्रतिक्रिया