फिलिपिन्ससँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने

नेपालखोज २०८० वैशाख ११ गते १९:३४

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपालले फिलिपिन्ससँग आगामी जेठ ३२ (जुन १५) मा मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

नेपालले फिलिपिन्ससँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा डे अन्तर्गत नेपालले फिलिपिन्ससँग खेल्ने लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मैत्रीपूर्ण खेल खेल्ने लगभग पक्का भईसकेको बताए ।

फिलिपिन्स नेपाल भन्दा माथिल्लो वरीयताको टोली हो । फिलिपिन्स १ सय ३६ औं स्थानमा रहेको छ । नेपालको वरीयता १ सय ७४ औं रहेको छ । फिलिपिन्ससँग नेपालले हालसम्म ६ खेल खेलेको छ । जसमा नेपालले ४ खेल हारेको छ । नेपालले एक खेल जितेको छ र एक खेल बराबरी खेलेको छ ।

प्रतिक्रिया