मंगलबार, असार २४, २०८२

पहाडी भेगमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०८० वैशाख १३ गते ६:१६

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेकोविभागले जनाएको छ ।

आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

प्रतिक्रिया