यू-१७ महिला एसियन कप छनोटमा नेपाल र इरान खेल्दै

काठमाडौं । एएफसी यू-१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा आज नेपाल र इरान खेल्दैछन् । खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।
विष्णु गुरुङको प्रशिक्षणमा खेल्ने नेपाली महिला टोलीले यसपटक तुलानात्मक रुपमा बलियो टोली इरान विरुद्ध सुखद नतिजा ल्याउने लक्ष्यमा रहेको छ । यसअघि साफ यू१७ च्याम्पियनसिपपमा भगवती थापा मगर मुख्य प्रशिक्षक थिइन् ।
यस समूहको अर्को टिम आयोजक जोर्डनसँग नेपालले आउने शुक्रबार खेल्नेछ । समूह विजेता बन्ने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।
पहिलो चरणको छनोटमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूह्यको विजेता दोस्रो चरणमा पुग्नेछन् । जहाँ ८ टिमलाई दुई समूहमा विभाजन गरिनेछ र दुवै समूह्यको शीर्ष दुई टोलीले अर्को वर्ष इन्डोनेसियामा हुने एएफसी यू१७ महिला एसियन कपमा स्थान बनाउनेछ ।
समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ ।
नेपाली टोली
गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी
डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर, सुमी हाङ्मा राई
मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ
फरवार्ड : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ ।

प्रतिक्रिया