आइतबार, जेठ ६, २०८१

९६ औं ओस्कार पुरस्कार समारोहको घोषणा

नेपालखोज २०८० वैशाख १३ गते १३:२९

काठमाडाैं । एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेजले ९६ औं एकेडेमी अवार्ड समारोहको मिति घोषणा गरेको छ । एकेडेमीका अनुसार ९६ औं ओस्कार अवार्ड समारोह २०२४ को मार्च १०, मा आयोजना हुनेछ । ९५ औं ओस्कार अवार्ड समारोह लस एन्जलसको डल्बी थिएटरमा १२ मार्च २०२३ मा सम्पन्न भएको थियो।

एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै ओस्कार अवार्डको नयाँ मितिका बारेमा जानकारी दिएको हो । एकेडेमीले लेखेको छ – ९६ औं ओस्कार समारोह २०२४ को मार्च १०, आइतबार आयोजित हुनेछ।

एकेडेमीले १८ नोभेम्बर २०२३ सम्ममा ओस्कारका सामान्य श्रेणीको नोमिनेसन हुने बताएको छ। नोमिनेसनको छनोट पछि अवार्डका लागि डिसेम्बर १८ मा भोटिङ सुरु हुनेछ। यसको नतिजा डिसेम्बर २१ मा घोषणा हुनेछ ।

यसैगरि नोमिनेशन क्याट‍गरीका लागि नोमिनेशन गर्ने समय ११ देखि १६ जनवरी २०२४ को बीच हुनेछ । यसको आधिकारिक मनोनयन जनवरी २३ देखि सुरु हुनेछ ।

प्रतिक्रिया