आइतबार, वैशाख २३, २०८१

नयाँ मुख्यमन्त्री पाउँदै गण्डकी प्रदेश

नेपालखोज २०८० वैशाख १४ गते ९:३७

पोखरा । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै छ ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दिएको समय आज दिउँसो ४ बजे सकिँदै छ ।

माओवादीले केन्द्रको निर्णय पर्खिरहेकाले नयाँ सरकार गठनमा ढिलाइ भइरहेको हो । केन्द्रको निर्णय आएपछि सरकार गठन हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताएका छन् ।

माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी नेतृत्वको सरकार वैशाख ९ गते ढलेपछि नयाँ सरकार गठन हुन लागेको हो ।

पुस २५ गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन केन्द्रको सत्ता समीकरण बदलिएसँगै माओवादीले चैत १० गते फिर्ता लिएको थियो ।

तनहुँ १ को उपनिर्वाचनलाई बार्गेनिङ गरेर गण्डकीमा माओवादीले मुख्यमन्त्री दाबी गरेको हो । तर परिणाम अपेक्षित नआएपछि काँग्रेसले पहिला मुख्यमन्त्री पाउने सम्भावना बलियो छ । काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्नेछन् ।

प्रतिक्रिया