सिङ्गापुर पठाइदिने भन्दै रकम ठगी गर्ने पक्राउ
नेपालखोज
२०८० वैशाख १४ गते १०:०१

काठमाडौं । वैदेशिक रोजगारीका लागि सिङ्गापुर पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले आज काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधाराका ओमनाथ मैनाली रहेका छन् ।
मैनालीले काठमाडौं गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिने भन्दै पटक पटक गरी छ लाख ५० हजार ठगी गरेको आरोपमा निजलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आरोपित मैनालीलाई काठमाडौंस्थित बबरमहलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयकाप्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार वैदेशिक रोजगार विभागको पत्रअनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले मैनालीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा करबाहीको लागि आजै वैदेशिक रोजगार विभागको जिम्मा लगाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया