आइतबार, जेठ ६, २०८१

सन्दिपको उत्कृष्ट प्रदर्शनमा नेपालको जित

नेपालखोज २०८० वैशाख १४ गते १५:४८

काठमाडौं । सन्दिपको उत्कृष्ट प्रदर्शनमा एसीसी प्रिमियर कपको समुह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

कतारविरुद्ध सन्दिपले ब्याटिङमा सर्वाधिक ४२ रनको पारी खेले भने बलिङमा ९.१ ओभरमा तीन मेडन ओभरसहित १४ रन खर्चेर पाँच विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटियो । कतारलाई सस्तैमा रोक्न नेपालका सन्दिप लामिछानेले पाँच, सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए ।

कतारका तीन खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । कतारका खुरम शाहजाद र जाहिर इब्राहिमले समान १५ रन बनाउँदा आमिर फारुकले १४ रन बनाए । अन्य खेलाडी सस्तैमा आउछ भएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाललाई खेलको ४०.३ ओभरमा १५७ रन बनाउँदा सबै विकेट गुमाएको हो । नेपालका लागि सर्वाधिक रन सन्दिप लामिछानेले बनाएका छन् । उनी अविजित रहँदै ४२ रन बनाएका छन् ।

नेपालले खराब सुरुवात गरेको थियो । नेपालले पहिलो ९ रन बनाउँदा दुई विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल दुई तथा भिम सार्की ६ रन बनाउँदै आउट भएका थिए ।

त्यस्तै रोहित पौडेलले २७ रन बनाउँदा आशिफ शेख १९, दिपेन्द्र सिंह ऐरीले १२ रनको योगदान गरे । सोमपाल कामी र आरिफ शेखले समान ११ रनको योगदान गरे । नेपालका पाँच खेलाडीले दोहोरो अंकको रन बनाउन असफल रहे । कुशल मल्ल तीन, गुल्शन झा सात रन र ललित राजवंशी एक रन बनाउँदै आउट भएका थिए ।

कतारका लागि आमिर फारुकले सर्वाधिक चार विकेट लिँदा ववाइस अहमदले तीन र गयान मुनाविराले दुई र इक्रामुल्लाह खानले एक विकेट लिए ।

प्रतिक्रिया