बुधबार, जेठ १, २०८२

मुसोलिनी र दोश्रो विश्व युद्धको त्रास

सुनिल उलक २०८० वैशाख १५ गते ८:३८

काठमाडौं । अप्रिल २८ आज कै दिन सन १९४५ मा इटालीका क्रुर फासिष्ट शासक मुसोलिनी र उनकी प्रेमिका पेटाचीलाई गोली हानेर हत्या गरिएको थियो ।

दोस्रो विश्व युद्धमा अमेरिका, बेलायत लगायत कतिपय युरोपियन राष्ट्रहरूको लडाइ जर्मन, जापान र इटाली विरुद्ध सुरु भएको थियो । जर्मनका नाजी शासक हिटलर, जापानका राजा हिरोहितो र इटालीका फासिष्ट शासक मुसोलिनी प्रमुख दुस्मन थियो दोस्रो विश्वयुद्धको ।

२५ अक्टोबर १९३६ मा जर्मनको नाजी सरकार र इटालीको फासिस्ट सरकार बिच एक अर्कोलाई सहयोग गर्ने सन्धि भयो । यसको एक महिना पछि २५ नवम्वर १९३६ मा जर्मनीले जापानको इम्पेरियल सरकारसँग कम्युनिस्ट विरुद्धको एक सन्धिमा हस्ताक्षर गरे ।

यसको एक वर्ष पछि इटालीले पनि कम्युनिस्ट विरुद्धको Anti-Comintern Pact मा साथ दिए । यसपछि आक्रमण र षडयन्त्रको सिलसिला नै सुरु भयो । सबैभन्दा पहिले जापानले चीन माथि आक्रमण गर्‍यो ।

चेकोस्लाभियाबाट जर्मनीको षडयन्त्रले स्लोभाकियालाई स्वतन्त्र भएको घोषणा गराइयो । र चेक माथि आक्रमण गरे । उता इटालीले अल्बानिया माथि आक्रमण गर्‍यो ।

जर्मनीले पोलैण्ड माथि आक्रमण गरेपछि युरोपमा दोस्रो विश्व युद्धको सुरुवात भयो । यता जापान विरुद्ध पनि अमेरिकी तथा बेलायती सेनाको आक्रमण सुरु भयो । १९४५ मा आइपुग्दा बिस्तारै जर्मन, जापान र इटाली केही कमजोर भइसकेको थियो ।

चारैतिरबाट आक्रमणबाट घेरिएको इटालीमा देश भित्र पनि आन्तरिक आन्दोलन सुरु भइसकेको थियो । देश भित्रको कम्युनिस्ट आन्दोलनले गर्दा इटालीका फासिष्ट शासकलाई कसरी बाँच्न सकिन्छ भन्ने चिन्ता लाग्न थाल्यो ।

उनले देश छोडेर भाग्ने प्रयासमा आफ्नी पत्नी पेटाचीका साथ उत्तरी इटालीको स्विटजरल्याण्डको सीमा नजिकै कोमो तालमा पुगेका थिए । त्यही बिद्रोहीहरुले भेट्टाए । उनीहरू दुबैलाई आजकै दिन सन १९४५ को अप्रिल २८ मा गोली हानियो ।

गोली हान्ने वाल्टर अडिसियो रहेको भनेर पहिचान गरियो । गोली हानिए पछि दुवैको शवलाई ट्रकमा राखेर राजधानी मिलानको चोकमा ल्याएर फ्याँकियो ।

जहाँ हजारौँ जनता सडकमा आएर खुसीयाली मनाउँदै मृत शरीरमा लात्तीले हानेर सन्तुष्टि लिए । अन्तमा मुसोलिनी र पेटाचीको साथ अन्य उनका सहयोगीहरूको शवलाई चोकमा उल्टो लत्काएर प्रदर्शन गरेर राखियो ।

यसरी करिब २३ वर्ष इटालीमा फासिष्ट शासन गर्ने मुसोलिनीको अन्त भयो । यसरी मुसोलिनीको गोली हानिएको दुई दिन पछि अतालिएका जर्मनको नाजी शासक हिटलरले पनि आफ्नो प्रेमिका इभा ब्राउनका साथ आत्महत्या गरे ।

यसरी युरोपका दुई क्रुर शासकहरुको अन्त भयो । जसले गर्दा दोस्रो विश्वयुद्धको समाप्ति भयो । यता जापानमा भने अमेरिकी वायुसेनाले यस घटनाको करिब ३ महिना पछि हिरोसिमा र नागासाकीमा बम आक्रमण गरे पछि जापानले पनि आत्मसमर्पण गरे । यसरी दोस्रो विश्वयुद्धको पूर्णपुरमा समाप्ति भयो ।

प्रतिक्रिया