रवि, स्वर्णिम र उपेन्द्रले आज शपथ लिने
नेपालखोज
२०८० वैशाख १५ गते १०:२५

काठमाडौं । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा निर्वाचित तीन सांसदले आज पद तथा गोपनियताको सपथ लिने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद रवि लामिछाने र स्वर्णिम वाग्ले तथा जनता समाजवादी पार्टीबाट निर्वाचित उपेन्द्र यादवले आज सांसद पदको शपथ लिने भएका हुन्।
लामिछाने चितवन २, वाग्ले तनहुँ १ र यादव बारा २ मा निर्वाचित भएका हुन्।
सभामुख देवराज घिमिरेले आजै ११.३० बजे उनीहरुलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्।
प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।
सम्बन्धित
प्रतिक्रिया