राष्ट्र बैंकद्वारा पुन: २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः २७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार बैशाख १७ गते आईतबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने बैशाख १९ गते तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको चार अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १३ अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः विसं २०८० जेठ १६ गते, विसं २०८० साउन १६ गते, विसं २०८० कात्र्तिक १४ गते र विसं २०८१ बैशाख १८ गते तोकिएका छन । बिक्री गरिने कुल ट्रेजरी विल मध्येमा २१ अर्ब १० करोड रुपैंयाँ बराबरको पुरानो नविकरण अन्र्तगतको र बाँकी छ अर्ब भने नयाँ रहेको राष्ट्र बैंकको भनाई छ । यसअघि यही बैशाख ११ गते पनि राष्ट्र बैकले २८ अर्ब ६० करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

प्रतिक्रिया