अर्को अधिवेशनले एमाले सांसद कोइरीबारे निर्णय लिने
नेपालखोज
२०८० वैशाख १५ गते २२:१९

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीबारे प्रतिनिधिसभाको अर्को अधिवेशनले निर्णय गर्ने भएको छ ।
कोइरीले आफू अस्वस्थ भन्दै इमेल गरेपछि विदा स्वीकृतिको प्रस्ताव पेश भएको थियो । तर सत्तारुढ सांसदहरुले फरार सांसदलाई विरामी भनेर विदा स्वीकृत गर्न नसक्ने अडान लिएका थिए । यही विषयले संसद बैठक रोकेर लामो छलफल भएको थियो ।
राति १० बजे सुरु भएको बैठकमा सभामुख देवराज घिमिरेले कोइरीबारे सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधिसभाको आगामी अधिवेशनमा कानुन बमोजिम हुने जानकारी गराएका छन् । अन्य चार सांसदको भने विदा स्वीकृत भएको छ ।
सम्बन्धित

प्रतिक्रिया