सोमबार, वैशाख २४, २०८१

नेपाल र कुवेतबीचको खेल ४५ ओभरमा हुने  

नेपालखोज २०८० वैशाख १६ गते १२:१९

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले अवरुद्ध भएको खेल पुन सुरु हुने भएको छ ।

टियु मैदानमा जारी खेलमा वर्षाका कारण रोकिएको थियो । खेल १२ बजेर १५ मिनेटमा सुरु हुनेछ । खेल ४५ ओभरमा छोट्याईएको छ । पहिला ब्याटिङ गरिरहेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको पछि पानी परेको थियो ।

नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भए । अहिले कप्तान रोहित पौडेल र कुशल मल्लले नेपालको लागि क्रिजमा रहेका छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।

प्रतिक्रिया