मंगलबार, वैशाख २५, २०८१

आईपीएलमा चेन्नईले दिल्लीलाई हरायो

नेपालखोज २०८० वैशाख २८ गते ५:२५

काठमाडौं । आईपीएल २०२३ अन्तरगत बुधबार भएको ५५ औं खेलमा महेन्द्र सिंह धोनीको नेतृत्वमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ ।

यो जितसँगै चेन्नईको खातामा १५ अंक छ । योसँगै ११ खेलमा सात पराजय बेहोरेको दिल्लीको टोलीका लागि प्लेअफको ढोका झण्डै बन्द भएको छ ।

चेन्नईले दिल्लीलाई जितका लागि १६८ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीको टोलीले आठ विकेटमा १ सय ४० रन मात्रै बनाउन सक्यो ।

प्रतिक्रिया