आइतबार, जेठ २६, २०८२

सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेट्ने पुनकाे चेतावनी

नेपालखोज २०८० वैशाख १६ गते १३:११

काठमाडौं । जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेट्ने चेतावनी राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले दिएका छन्।

माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।

उनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे।

उनले अरु हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार नवप्रवर्द्धन हेर्ने विभाग गठन गरिनुपर्ने माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । पुनले नेताहरूले बोलेर मात्रै विकास नहुने हुँदा काम गर्नुपर्ने औंल्याए।

प्रतिक्रिया