सोमबार, वैशाख २४, २०८१

त्रिवि मैदानमा फेरि दर्कियो पानी

नेपालखोज २०८० वैशाख १६ गते १५:४५

काठमाडाैं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी एसीसी प्रिमियर लिगअन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।

नेपालले दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ ।

कुवेतका ६ ब्याटर आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

प्रतिक्रिया