बुधबार, जेठ २, २०८१

साफ च्याम्पियनमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

नेपालखोज २०८० असार ९ गते ८:०५

काठमाडौं। भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज हुने दोस्रो खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

दक्षिण भारतको बैंग्लोरमा जारी प्रतियोगिता आज हुने सो खेल राति पौने ८ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा आमान्त्रित टिम कुवेतसँग ३ १लेपराजित भएको नेपाल आज घरेलु टोली भारतविरुद्ध मैदानमा उत्रन लागेको हो । पछिल्लो संस्करणमा नेपाल र भारत उपाधिका लागि आमुने सामुने भएका थिए ।

सो प्रतिस्पर्धामा भारत बिजेता बनेको थियो भने नेपाल उपबिजेता भएको थियो, त्यसपछि दुवै टोली मैदानमा उत्रन लागेका हुन् । आजसम्म दुवै देश बीच भएका अहिलेसम्म भएका २३ प्रतिस्पर्धामा भारतले १६ खेलमा बाजी मारेको छ भने नेपालले २ पटक मात्रै जित निकालेको रेकर्ड छ ।

बाँकी ५ खेल बराबरीमा टुंग्गिएका दुवै देश आज पुनः मैदानमा आमुने सामुने हुन लागेका हुन्।

प्रतिक्रिया