मंगलबार, वैशाख २५, २०८१

खेल रद्द हुने प्रवल सम्भावना, नेपाल फाइनलमा पुग्ने

नेपालखोज २०८० वैशाख १६ गते १६:४६

काठमाडाैं । त्रिभुवन बिश्व विध्यालयको क्रीकेट मैदानमा अहिले वर्षा बढे सँगै खेल हुने सम्भावना निकै कम छ । यो खेलको कटअफ टाइम ५: २४ हो । त्यो समय सम्म यो खेल समाप्त भैसक्नु पर्छ । डकवर्थ लेविस पद्धतिका आधारमा नजिता निकाल्न अझै १२ ओभर खेल्नुपर्छ तर टियुमा दर्किएको पानीका कारण त्यो १२ ओभर पनि खेल होला जस्तो छैन् ।

बाँकि खेल हुन नसकेमा सुपर ओभर खेलाइनुपर्छ । सुपर ओभर पनि पाँच बजेभित्र सुरु हुनुपर्छ । अहिलेको अवस्थामा त्यसको सम्भावना समेत क्षीण छ । खेल सुपर ओभरमा पनि जान नसके नेपाल समूह विजेताका रुपमा सोझै फाइनलमा पुग्नेछ । अहिले टियुमा भारी वर्षा भैरहेको हुँदा खेल र सुपर ओभर हुने सम्भावना देखिदैन । त्यसैले नेपाल फाइनलमा पुग्ने सम्भावना प्रवल छ ।
डकवर्थ लेविस पद्धतिका आधारमा नजिता निकाल्ने हो भने पनि नेपाल बलियो अवस्थामा छ भने सुपर ओभर खेलाउँदा (१-२ओभर ) भने स्थिति अनिश्चित हुनेछ ।

वर्षाका कारण ४२ ओभरमा खुम्चिएको खेलमा जितका लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन मात्र बनाएको छ । वर्षाको कारण पुन कभर ढाकिएकोछ ।

नेपाललाई बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए भने दोस्रो ओभरको तेस्रो बलमा सोमपाल कामीले अर्का ओपनर परविन्दर कुमारलाई एक रनमा एलबीडब्लू धरापमा पारे । करण केसीको तेस्रो ओभरको चौथो बलमा ललित नारायण राजवंशीले एक हातले उत्कृष्ट क्याच लिए पछि कुवेत ११–३ को दयनीय अवस्थामा पुगेको थियो ।

करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर रविजा सनदरुवानलाइ आउट गराए । केसीले शिराज खानलाई ३ रनमा आउट गराएपछि कुवेत ६.३ ओभरमा २२-५ को दयनीय अवस्थामा पुगेको थियो ।

करणले कप्तान मोहम्मद अस्लामलाई १४ रनमा आउट गराउँदै ब्यक्तिगत पाँच विकेट पूरा गरेका थिए । करणले ४।३ ओभरमा १ मेडनसहित १० रन खर्चेर ५ विकेट लिएका छन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९४ रन बनाएका थिए । वर्षाका कारण यो खेल ओभर ८–८ घटाइएको थियो ।

प्रतिक्रिया