नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले दिए बधाई
नेपालखोज
२०८० वैशाख १६ गते १७:३४

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै उनले बधाई दिएका हुन् ।
प्रधानमन्त्री दाहालले ट्विट गर्दै भनेका छन्, ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई, क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’
किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।
सम्बन्धित
प्रतिक्रिया