आइतबार, जेठ २६, २०८२

‘छोटो समयमा उदाएको पार्टी रास्वपाको रङ अझैसम्म स्पष्ट भएको छैन’

नेपालखोज २०८० वैशाख १६ गते १८:४४

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले छोटो समयमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रङ अझैसम्म स्पष्ट नभएको टिप्पणी गरेका छन् ।

लिङ्देनले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याए पनि अझै उसको रङ भने स्पष्ट हुन नसकेको बताएका हुन् ।

आज राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु गएका उनले पत्रकारसँग कुरा गर्दै राप्रपासहितका काँग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरूको रङ भने प्रस्ट भइसकेको बताए ।

प्रतिक्रिया