रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भाेलि बस्ने भएकाे छ ।
सोमबार विहान ११ बजेपछि बस्ने बैठकमा सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने वा नलिने लगायतका समसामयिक विषयमा छलफल हुने सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
उपनिर्वाचन पछि पहिलो बैठक भएकाले निर्वाचन समिक्षा समेत गरिने बताइएको छ । बैठक अघि आज पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।
मंसिर ४ को निर्वाचनपछि नेकपा एमालेसहितको सत्ता समिकरणमा न्यूनतम साझा कार्यक्रम तय गरेर सरकारमा सहभागी भएको रास्वपा सभापति लामिछानेको नागरिकता मुद्धामा अदालतको फैसलापछि सरकारबाट बाहिरिएको थियो ।
त्यसपछि पनि विश्वासको मत फिर्ता नलिएको रास्वपाले नेपाली कांग्रेससहितको सत्ता समिकरण बनेपछि पनि प्रचण्ड सरकारलाई विश्वासको मत दिएको थियो । सो समिकरणले साझा कार्यक्रममा विभिन्न कालखण्डमा भएका भ्रष्ट्राचारको छानविन गर्ने बुँदा हटाएपछि असन्तुष्ट बनेको रास्वपाले समर्थन फिर्ता लिन सक्ने आँकलन गरिएको छ ।
उपनिर्वाचन जितेपछि सभापति लामिछानेले हामी सरकारमा हुँदा राखिएको बुँदा हटेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए ।
प्रतिक्रिया